Logo
Logo

डेम्बेले र बोनमातीलाई ब्यालोन डि’ओर अवार्ड


504
Shares

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)का फ्रान्सेली स्टार खेलाडी उस्मान डेम्बेलेले प्रतिष्ठित ब्यालोन डि’ओर अवार्ड जितेका छन् । उनले यो अवार्ड पहिलो पटक जितेका हुन् ।

२८ वर्षीय डेम्बेलेले गत सिजन पिएसजीलाई च्याम्पियन्स लिग, लिग वान र फ्रेन्च कप जिताउन महत्वपूर्ण योगदान दिएका थिए । उनले ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए ।

लिग वानमा २१ गोलसहित संयुक्त शीर्ष स्कोरर बनेका उनी च्याम्पियन्स लिग तथा फ्रेन्च लिग दुवैमा ‘प्लेयर अफ द इयर’ बनेका थिए । क्लब वर्ल्ड कपमा पनि उनले टोलीलाई फाइनलसम्म पुर्‍याए । जहाँ पिएसजी चेल्सीसँग पराजित भएको थियो ।

अवार्ड जितेका उनी भावुक बने। उनले यस उपलब्धिलाई असाधारण भन्दै पीएसजी, प्रशिक्षक, टोलीका साथी र परिवारलाई धन्यवाद दिए । ‘यो ट्रफी व्यक्तिगत भए पनि यसलाई हामी सबैले सँगै जितेका हौँ,’ उनले भने ।

सन् २०२४-२५ मा उनले फ्रान्सबाट खेलेको ७ खेलमा २ गोल गरेका छन् । उनी यो अवार्ड जित्ने छैटौँ फ्रेन्च खेलाडी हुन् ।

स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमातीले महिला ब्यालोन डि’ओर तीन पटक जित्ने पहिलो खेलाडी बनेर इतिहास रचेकी बनाएकी छिन् ।

२७ वर्षीया बोनमातीले यो पटक अवार्ड जित्दा उनकी स्पेनिस खेलाडी तथा आर्सनलकी विङर मारियोना काल्डेन्टे दोस्रो स्थानमा रहिन् । बोनमातीले यसअघि पनि २०२३ र २०२४ मा पनि यो अवार्ड जितेकी थिइन् ।

पिएसजी प्रशिक्षक लुइस एनरिके ‘कोच अफ द इयर’ बने । पिएसजीको सफलतामा उनको योगदान महत्वपूर्ण रहयो । साथै उनले गत डिसेम्बरमा डेम्बेलेलाई दायाँ विङबाट सेन्टर फरवार्डमा सार्ने रणनीतिक निर्णय गरेका थिए। यसपछि उनले लगातार ३० गोल गरेका थिए ।

बार्सिलोनाका १८ वर्षीय लामिन यामलले ‘कोपा ट्रफी’ जिते । २१ वर्षमुनिको उत्कृष्ट खेलाडीको अवार्ड लगातार दोस्रो वर्ष जित्ने पहिलो खेलाडी बने ।

आर्सनलका भिक्टर ग्योकेरेस ५४ गोलसहित ‘गर्ड मुलर ट्रफी’ प्राप्त गरे । इटालियन गोलकिपर डोनारुम्माले दोस्रो पटक ‘यासिन ट्रफी’ जिते । गत सिजन उनले पिएसजीका लागि १७ खेल क्लिनसिट राखेका थिए ।

स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमातीले महिला ब्यालोन डि’ओर तीन पटक जित्ने पहिलो खेलाडी बनेर इतिहास रचेकी बनाएकी छिन् ।

२७ वर्षीया बोनमातीले यो पटक अवार्ड जित्दा उनकी स्पेनिस खेलाडी तथा आर्सनलकी विङर मारियोना काल्डेन्टे दोस्रो स्थानमा रहिन् ।

प्रतिक्रिया दिनुहोस्