Logo
Logo

उत्तरको सर्तकता : चीनबाट उत्तर कोरिया छिर्नेलाई गोली हान्ने आदेश


- दृष्टि न्युज/संवाददाता


सोल, २७ भदौं (एजेन्सी) । उत्तर कोरियाले कोरोनाभाइरस संक्रमण रोकथामका लागि थप कडाइ गरेको छ । चीनसँग जोडिएको सीमाक्षेत्रमा थप कडाइ गरेको हो ।
दक्षिण कोरियास्थित अमेरिकी सैन्य कमाण्डरका अनुसार उत्तरले चिनियाँ भूमिबाट जबरजस्त छिर्न खोज्ने मानिसलाई नसोधिकन गोली हान्नेसम्मे आदेश सुरक्षाकर्मीलाई दिइएको छ । उत्तरका अधिकारीले आफ्नो देशको एक किलोमिटर भूमिसम्म छिर्नेहरुलाई यसरी नसोधी गोली हान्न पाउनेछन् ।
चीनबाट कोरोना संक्रमित छिर्नसक्ने सम्भावना भएकाले उत्तर कोरियाले यस्तो कडाइ गरेको हो । सबैभन्दा नजिकको सहयोगी चीन नै भएपनि उत्तरले कोरोनाभाइरसविरुद्ध कडा नीति लिएको छ ।
उत्तरमा हालसम्म कोरोना संक्रमित नभएको समेत दावी गरिएको छ । तर, यसका बाबजुद संकटकाल घोषणा गर्नुका साथै महामारीविरुद्ध उच्च सतर्कता अपनाएको बताइन्छ ।
चीनबाट मात्रै ढुवानी गर्दैआएको उत्तर कोरियाले सिमामा थप कडाइ गरेपछि त्यसको असर ढुवानीमा समेत परेको छ । उत्तर कोरियामा एक साताअघि मात्रै आँधीका कारण ठूलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्