Logo
Logo

उपत्यकाका कोरोना संक्रमण दर घट्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ भदौ ।

उपत्यकामा कोरोना संक्रमण शनिबार केही घटेको छ । पछिल्लो २४ घन्टाका काठमाडौंमा तीन सय ७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा संक्रमण देखिएको छ । जम्मा गरी ४ सय ३१ ज्नामा संक्रमण भएको छ । शुक्रबार ६ सय ९६ जनामा संत्रमण देखिएको थियो ।
देशभरी भने संक्रमणको दर उस्तै छ । पछिल्लो २४ घण्टामा देशभर थप १२ सय एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यो अवधिमा १० हजार एक सय ७६ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार थप भएकासमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ५३ हजार एक सय २० पुगेको छ ।

त्यसैगरी संक्रमणमुक्त भएर पछिल्ल्लो २४ घण्टामा आठ सय ५२ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको संख्या ३७ हजार पाँच सय २४ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार दुई सय ६० छ ।

त्यसमध्ये नौ हजार एक सय सातजना संस्थागतमा र ६ हजार एक सय ५३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमित भएका एक सय ६० जनाको आइसियू र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्