Logo
Logo

माओवादीको स्थायी समिति बैठक सुरू


189
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । केहि बेरअघि केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नेछ ।

असोज ५ गते बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । स्थायी समिति बैठकले महाधिवेशनको तिथि मिति, कार्यविधि, मोडालिटी लगायत विषयमा छलफल गरी प्रस्ताव तयार पार्नेछ ।

माओवादीले भोलि बस्ने केन्द्रीय समितिको स्थान पनि तय गरेको छैन । भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेको थियो ।

प्रतिक्रिया दिनुहोस्