काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे-मुग्लिन सडकखण्डमा खसेका सबै पहिरो पन्छाइएको छ । तर, राति खसेको पहिरो कारण सवारी साधनहरु अहिले सडकमै रोकिएका छन् । त्यसैले सवारी साधनहरुको लामो लाइन छ ।

गएराति जवाङखोला लगायतका स्थानमा पहिरो खसेपछि राजधानी काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्ग ठप्प भएको थियो । तर बिहानै डोजरहरु प्रयोग गरेर ती पहिरो हटाइसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर झरेको पहिरो भने हटाउने क्रम भने जारी छ । बुधबार साँझ पानी परेकाले पहिरो पन्छाउने काम केहीबेर रोकिएको थियो । आज बिहानैबाट पहिरो पन्छाउने काम जारी छ ।
सबै पहिरो हटाएर बाटो खुलाउन कम्तिमा दुईदिन लाग्न सक्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।














