Logo
Logo

ट्राफिक व्यवस्थापनका लागि सडकमा राखियो ट्राफिक कोन


252
Shares

काठमाडौं । ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न थालिएको छ ।

काठमाडौं महानगरको सहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाले काठमाडौंका विभिन्न सडकमा ट्राफिक कोन र रिट्र्याक्टेबल बार राख्न थालेको हो ।

पहिलो चरणमा बुधबार यी कोनहरू सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोड गरी तीन स्थानमा प्रयोग गरिएको छ ।

विशेषगरी भद्रकालीबाट सिंहदरबारतिरको क्षेत्रमा लस्कर आकारमा कोन राख्दा विपरीत दिशाबाट आउने सवारीको चापलाई न्यूनीकरण गर्ने छ । जसले सहजै बायाँ तर्फ मोडिने सवारीले (माइतीघरदेखि भद्रकाली तर्फ) लेन निर्बाध रूपमा प्रयोग गर्न सक्ने छन् । जसले दुर्घटना र ट्राफिक जामको समस्या घटाउने छ ।

यी सामाग्रीहरू नेपालमा नै उत्पादन भएको हुन् । आर्थिक वर्ष २०८०–८१ मा नै यी सामाग्रीहरू खरिद गर्ने योजना भएता पनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१–८२ मा खरिद गरिएको हो ।

पहिले पहिले सडकमा राखिने कोन भन्दा अहिलेको कोनको आकार ठुलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउनेछ । यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने छ । र यसले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्