Logo
Logo

चन्द्रागिरिमा ६८ वर्षीया महिलाको हत्या, एक युवक पक्राउ


441
Shares

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ ।

चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको हो ।हत्या आरोपमा प्रहरीले था पागाउँ नै घर भएका ३२ वर्षीय सरोज थापालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार थापाले दाउराको चिर्कटले हानेर केसीको हत्या गरेका थिए । यद्यपी हत्या गर्नुको कारण भने खुल्न बाँकी छ ।

मृतक महिलाको शव पोष्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्