
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक प्रज्ञा भवनमा केहि बेरअघिबाट सुरु भएको हो । बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेका छन् ।
बैठकमा प्रस्तुत एजेन्डाअनुसार पहिलो चरणमा श्रद्धाञ्जली अर्पणपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उक्त प्रस्तावमाथि छलफल हुनेछ ।
विशेष महाधिवेशन सम्बन्धी तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माणका विषयमा विस्तृत छलफल लगायत बैठकका एजेण्डा रहेका छन् ।














