Logo
Logo

नेप्सेका अध्यक्षलाई कर्मचारीले कार्यालय छिर्न दिएनन्


441
Shares

काठमाडौं । आन्दोलनरत कर्मचारीहरुले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याललाई कार्यालयमा प्रवेश निषेध गरेका छन् । कालोपट्टी बाँधेर बसेका कर्मचारीहरूले आफुहरुको माग पूरा नभएसम्म अध्यक्षलाई कार्यालयमा प्रवेश गर्न नदिने भन्दै निषेध गरेका हुन् ।

तीन दिनयता नेप्सेका कर्मचारीहरू आन्दोलनमा छन् । सेवा सुविधाको विषयलाई लिएर आन्दोलन शुरु गरेका कर्मचारीहरूले अहिले अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुँडामणि चापागाईँको राजीनामा माग गरिरहेका छन् ।

आन्दोलनको पहिलो दिन मंगलबार उनीहरूले अध्यक्ष र सीईओलाई रातिसम्म कार्यालयमै थुनेका थिए । उनीहरूलाई राति प्रहरी आएर उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्