Logo
Logo

जेनजी आन्दोलनमा फेसबुकबाट पार्टी छाड्ने नेता एमालेबाट निष्कासित


4.5k
Shares

काठमाडौं । जेन जी आन्दोलनका क्रममा फेसबुकमा स्टाटस लेखेर पार्टी छाडेको घोषणा गरेका झापाका केही नेता कार्याकर्तालाई नेकपा एमालेले निष्कासन गरेको छ ।

शिवशताक्षी नगर कमिटीले नगर कमिटी उपाध्यक्ष विष्णुप्रसाद प्रसाईँलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । उनी वडा नम्बर ४ का अध्यक्ष समेत हुन् ।

भदौ २४ को आन्दोलनको क्रममा एमाले छाडेको घोषणा गरेका थिए । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सिकिन पासवान र जिल्ला सदस्य अग्नी कार्कीलाई पनि कारबाहीको सिफारिस गरिएको छ । पासवान शिवसताक्षी–५ का वडाध्यक्ष हुन् ।

आन्दोलनका क्रममा पाटी नेतृत्वलाई गालीगलौज गरेको आरोपमा उनीहरूमाथि कारबाहीको सिफारिस गरिएको हो ।
एमाले झापाका सचिव तुलसी कार्कीले कारबाहीको सिफारिस भए पनि पत्र आइनसकेको बताए ।

पासवान र कार्कीमाथि अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर माई खोलामा बगाएको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्