Logo
Logo

पोखरा-बागलुङ सडक अवरुद्ध


- दृष्टि न्युज/संवाददाता


पर्वत, २८ भदौं । अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरा खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ ।
सडक माथिबाट पहिरा खसेपछि आइतबार बिहानदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि छिमेकी जिल्ला बागलुङ, म्याग्दी र मुस्ताङबाट आएका सवारी साधनहरु मालढुङ्गामा अलपत्र बनेका छन् भने अन्यत्रबाट उक्त जिल्लाका लागि आएका सवारी साधनहरु नयाँपुलमा अलपत्र बनेका छन् ।
सडक पन्छाएर खुलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । ठूलो मात्रामा ढुंगा र लेदो बगेर आएका कारण सडक खुलाउन केही समय लाग्ने उनले जानकारी दिए । सो स्थानमा गत साउनमा पनि ठूलो पहिरा र ढुंगा खस्दा सडक एकतर्फि मात्रै सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्