काठमाडौं । चितवनको तुइनखोला नजिकै गएको सुक्खा पहिरो हटाउन फ्लड लाइटको प्रयोग गरी राति पनि काम तीव्र गतिमा भइरहेको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो पूर्ण रूपमा हटाएर आज रातिदेखि नै सडकमा आवागमन सुचारु गर्ने लक्ष्य राखिएको छ । सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार, फ्लड लाइटको सहायताले पहिरो हटाउने काम निरन्तर चलिरहेको छ । सम्भवतः एक-डेढ घण्टाभित्र सडक पुनः सञ्चालनमा आउनेछ ।
मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोला नजिकै मंगलबार दिउँसो गएको ठूलो सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।














