Logo
Logo

माओवादी बैठकमा आज टोली नेताहरूले धारणा राख्ने


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

हिजो (बिहीबार)बाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।

अध्यक्षको उक्त प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् ।

विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको छ । आज टोली नेताहरूले समूहबाट आएको धारणा राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्