Logo
Logo

मधेशमा ६ हजार ५३२ प्रहरी परिचालन


1k
Shares

काठमाडौं । मधेस प्रदेश प्रहरीले दसैँ, तिहार, छठ लगायतका पर्वलाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना लागु गरेको छ ।
प्रहरीले असोज ६ गतेदेखि छठ पर्वसम्मका लागि चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरेर लागु गरेको हो ।

दसैँ, दीपावली तथा छठ पर्वलाई भयरहित वातावरणमा मनाउन प्रदेशका ८ वटै जिल्लामा सुरक्षा योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका एसएसपी कमल थापाले जानकारी दिए ।

उनका अनुसार ८ वटै जिल्लामा ६ हजार ५३२ प्रहरी परिचालन गरिएको छ । पर्वको मौका छोपेर हुने आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्नका लागि सुरक्षा योजना तयार पारिएको थापाले बताए ।

पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, जनकपुर, सिरहा र सप्तरी गरी ८ जिल्ला रहेको मधेसमा प्रत्येक जिल्लामा सरदर ८ सय प्रहरी परिचालन गरिएको छ ।

यो अवधिमा प्रत्येक जिल्ला प्रहरी कार्यालयको जिल्ला कमाण्ड पोस्ट, जिल्ला रिजर्भ पोस्ट लगायत परिचालन गर्ने योजना बनाइएको छ । प्रदेशभरि ४८ वटा क्यूआरटी परिचालन, १९ वटा स्ट्राइकिङ, ११६ स्थानमा ट्राफिक सहितको चेकिङ, १२६ वटा मोबाइल गस्ती, २१२ वटा पैदल गस्ती, ३२५ वटा पिकेट गस्ती, २६ स्थानमा राजमार्ग स्कर्टिङ लगायतका सुरक्षा प्रबन्ध गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरूको सुरक्षाका लागिसमेत प्रहरी खटाइएको छ । त्यसका लागि ८६ वटा टोली परिचालन गरिएको छ भने बैंक, वित्तीय संघसंस्थाको सुरक्षाका १०३ स्थानमा र बजार अनुगमनका लागि १४ स्थानमा प्रहरी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्