Logo
Logo

तातोपानी नाकाबाट चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा समस्यामा व्यापारी


441
Shares

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा समस्यामा परेको व्यापारीहरूले गुनासो गरेका छन् । 

The current image has no alternative text. The file name is: tatopani.gif

लामो समयदेखि अवरुद्ध अरनिको राजमार्ग खुलेको अवस्थामा पनि चिनियाँ पक्षले नेपाली कन्टेनर नछाड्दा आफूहरू समस्यामा परेको उनीहरूले गुनासो छ । चाडपर्वलाई लक्षित गरी नेपाल ल्याउन लागेको सामानहरू चीनतर्फ नै अड्किदा करौडौंको नोक्सानी हुने अवस्था आएको उनीहरूको भनाइ छ ।

ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरुद्र थापाले चाइनातर्फबाट नेपाल आउने गाडीहरू सहज रूपमा आउन नसकेको बताए । उनले चाडपर्वलाई लक्षित गरी व्यवसायीहरूले मगाएका सामानहरू अड्किदा धेरै नोक्सानी हुने अवस्था देखिएको बताए । औसतमा हरेक दिन ३० वटा कन्टेनर नेपाल आउने गरेकोमा अहिले निकै कम गाडीमात्र चिनिया पक्षले छाडेको उनको भनाइ छ ।

त्यस्तै हिमालय सिमापार वाणिज्य सङ्घ सदस्य बलराम ढकालले नेपाली भूभागमा रहेका गाडीहरू आए पनि सीमापारी रहेका गाडीहरूलाई चिनिया पक्षले नेपाल नपठाएको बताए । यसबिषयमा सरकारले चिनिया पक्षसंग छलफल गर्नुपर्ने उनले बताए ।

तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले तुलनात्मक रूपमा चीनबाट निकै कम गाडी आएकाले चिनिया पक्षसंग समन्वय भइरहेको जानकारी दिए । चीनतर्फ पर्याप्त जनशक्ति नभएकाले कम गाडी पठाएको जवाफ आएको भन्दै उनले छिटै सहज रूपमा गाडीहरू नेपाल आउने विश्वास व्यक्त गरे । 

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले अवरुद्ध अरनिको राजमार्ग केहिदिनअघि मात्रै खुलेको थियो । लामो समयपछि सडक खुल्दा पनि कन्टेनरहरू सहज रूपमा नेपाल भित्रन नसकेपछि व्यवसायीहरू चिन्तित भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्