Logo
Logo

केन्द्रीय समिति बैठकबाट प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित


315
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । बिहीबार सुरु भएको बैठक शुक्रवार अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएको हो ।

The current image has no alternative text. The file name is: image-73.png

प्रचण्डले केन्द्रीय समिति भङ्ग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । जसलाई केन्द्रीय समितिले पारित गरेको छ । यो सँगै माओवादी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।

आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव पनि सदर भएको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राखेको प्रस्ताव अस्वीकृत भएको छ । त्यस्तै, उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्ताव पनि अस्वीकृत भएको छ ।

तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्ने क्रम सकिएपछि प्रचण्डले जवाफ दिएका थिए । जवाफ दिने क्रममा प्रचण्डले हलमा उठेका विषयलाई गम्भीर रूपमा लिएर अगाडि बढिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्