Logo
Logo

विघटित प्रतिनिधिसभाका पदाधिकारी र प्रमुख सचेतकले फिर्ता गरे गाडी


1.7k
Shares

काठमाडौं । विघटित प्रतिनिधिसभाका १६ जना पदाधिकारीले सुविधावापत्त लिएको गाडी फिर्ता गरेका छन् । संसद् सचिवालयका अनुसार १२ वटा विषयगत समितिका सभापति र चारजना प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गरेका हुन् ।

प्रतिनिधिसभाअन्तर्गत १० वटा विषगत समिति रहेका छन् । संयुक्त दुईवटा समितिको सभापतिमा समेत प्रतिनिधिसभा सदस्य थिए । उनीहरू सबैले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेको सवारी संसद सचिवालय शाखा प्रमुख प्रदीप नेपालले बताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकले पनि गाडी फिर्ता गरेका छन् । कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने जलेको छ । गत भदौ २४ गते सिंहदरवारमा आगलागी हुँदा कांग्रेस र एमालेको संसदीय दलको कार्यालय समेत जलेको थियो ।

सरकारले मितव्ययिता अपनाउने भनेर पूर्व राजनीतिक पदाधिकारीहरूको समेत गाडी फिर्ता गराउने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्