Logo
Logo

बाग्लुङका एसपी ५ महिनामै तानिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ भदौ ।
बाग्लुङका एसपीको पाँच महिनामै सरुवा भएको छ । एसपी शारदाप्रसाद चौधरीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।


बाग्लुङमा एसपी लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ । श्रेष्ठ जहाँ गए त्यही विवादमा पर्ने प्रहरी अधिकृत हुन् । उनलाई यसअघि मकवानपुरबाट केही महिनामै सरुवा गरिएको थियो । कमलपोखरी वृत्तमा पनि हुँदा पनि कारबाही स्वरुप सरुवा परेका थिए ।
बाग्लुङका नेताहरुसँग कुरा नमिलेपछि उनीहरुकै दबाबमा एसपी चौधरीलाई पाँच महिनामै सरुवा गरिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्