Logo
Logo

राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ता संकटमा : लेखनाथ दाहाल


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता सङ्कटमा रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: rajan-dahal-lekhnath.jpg

शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले यस्तो बेलामा विवेकपूर्ण निर्णय लिनुपर्ने धारणा राखे । नेता दाहालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, समृद्धि र सामाजिक न्यायको मुद्दासहित १८ महिना सरकार सञ्चालन गरेको दाबी गरे । तर, केपी शर्मा ओली नेतृत्वको सरकारको कारण जनतामा निराशा बढेको उनले तर्क गरे ।

नेता दाहालले जायज माग लिएर सडकमा उत्रिएका युवा पुस्तामाथि तत्कालीन सरकारले बर्बर दमन गरेको, पाशवीक हत्या गरेको र पहिलो दिनमै २१ जनाले ज्यान गुमाउनुपरेको बताए ।

जेन९जी पुस्ताले कुनै पनि अपराध कर्म गर्नै नसक्ने भन्दै उनले आन्दोलनका क्रममा धमिलो पानीमा माछा मार्ने काम भएको बताए । नेता दाहालले असहमतिको बाबजुद पनि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई माओवादीको समर्थन रहेको धारणा राखे ।

वर्तमान सरकारसँग तोकिएको समयभित्रै निर्वाचन हुनुपर्छ भन्ने माओवादीको माग रहेको पनि उनले बताए । उनले संसद्‌भन्दा बाहिरको विज्ञहरूको मन्त्रिपरिषद्, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली माओवादीको माग रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्