युएई । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्टार लेगस्पिनर सन्दीप लामिछाने बिना नै वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-२० आई सिरिजको पहिलो खेल नखेल्ने भएका छन् ।

शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका छन् ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीपलाई टोलीमा समावेश नगर्ने निर्णय गरेका छन्, र उनी बेन्चमा पनि हुने छन् ।
नेपालको ओपनिङ जिम्मेवारी कुशल भुर्तेल र आसिफ शेखले सम्हाल्नेछन् । टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, सोमपाल कामी, नन्दन यादव, करण केसी र ललितनारायण राजवंशीले प्लेइङ ११ मा स्थान बनाएका छन् । लोकेश बम, आरिफ शेख, शहब आलम र मोहम्मद आदिल अन्सारी वैकल्पिक खेलाडीको रूपमा बेन्चमा रहनेछन् ।











