Logo
Logo

सुनमायालाई विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक


63
Shares

काठमाडौं । सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन् । स्पेनको क्यान फ्रान्कमा भएको प्रतियोगितामा सुनमायाले महिलातर्फको ८१ किलोमिटरको लङ्ग ट्रेल रनमा रजत पदक हासिल गरेकी हुन् । 

The current image has no alternative text. The file name is: sunmaya.gif

नेपाल एडभेन्टर रनिङ फेडेरेसनले प्रतियोगितामा नेपालबाट सुनमाया सहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई सहभागी गराएको थियो ।प्रतियोगितामा ८० देशका १७ सय खेलाडी सहभागी थिए ।

विश्व माउन्टेन रनिङ एसोसियसनले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक विश्व एथ्लेटिक्स र इन्टरनेश्नल एसोसियसन अफ अल्ट्रारनर्सले सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्