Logo
Logo

गुठिचौरमा जुम्ली घोडाको दौड : संरक्षण र पर्यटन प्रवर्द्धनको सन्देश


315
Shares

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–२ मा यही असोज १३ गते फूलपातीको दिन तेस्रोपटक जुम्ली घोडा दौड प्रतियोगिता हुने भएको छ। स्थानीय घोडाको संरक्षण, पहिचानको प्रवर्द्धन र पर्यटन विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम गुठिचौर–२ को आर्थिक सहयोगमा, कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको संयुक्त आयोजनामा हुनेछ। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः रु १५,०००, १०,००० र ५,००० पुरस्कार दिइनेछ।

वडाध्यक्ष दीपबहादुर ऐडीका अनुसार, प्रतियोगिताका लागि घोडा दर्ता प्रक्रिया सुरु गरिएको छ। उनले भने, “जुम्ली घोडा दौड प्रतियोगिता हाम्रो पुरानो सांस्कृतिक धरोहर हो, जसलाई निरन्तरता दिँदै संरक्षण र पर्यटनसँग जोड्न चाहेका हौं ।”

यसअघि जुम्ला विमानस्थलमा आयोजना हुँदै आएको दौड , कालोपत्रे भएपछि गुठिचौरमा स्थानान्तरण गरिएको हो । आयोजक क्लबले स्थानीय तह र सरोकारवाला निकायलाई संस्कृति र पर्यटन प्रवर्द्धनमा साथ दिन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्