Logo
Logo

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस,काठमाडौं बाहिर जान पनि रोक


2.5k
Shares

काठमाडौं । जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।

The current image has no alternative text. The file name is: 6.jpg

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।

उनीहरूको विदेश भ्रमणमा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । आयोगले उनीहरूलाई काठमाडौं उपत्यका बाहिर जान पनि स्वीकृतिबिना रोक लगाउन भनेको छ ।

सिफारिसमा पासपोर्ट रोक्का शब्द प्रयोग नभई विदेश भ्रमणमा प्रतिबन्ध भनिएको छ । गत २३ भदौको आन्दोलनमा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएको थियो । आयोगले अनुसन्धानमा उनीहरूको भूमिका हुनसक्ने र विदेश भाग्ने जोखिम देखेर यस्तो सिफारिस गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्