
काठमाडौं । अन्तरिम सरकारका दुई प्रमुख मन्त्री भारत र अमेरिका भ्रमणमा जाँदै छन् । अर्थमन्त्री रामेश्वर खनाल अमेरिका र ऊर्जामन्त्री कुलमान घिसिङ भारत भ्रमणमा जान लागेका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जामन्त्री कुलमान घिसिङलाई कात्तिक १० देखि १३ गतेसम्म नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ बैठकमा सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।
यसैगरी, असोज ९ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री रामेश्वर खनाल र अर्थसचिव घनश्याम उपाध्यायलाई विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन संयुक्त राज्य अमेरिका भ्रमण गर्न अनुमति दिएको थियो।














