Logo
Logo

सरकारको कालो सूचिमा ओम्नी बिजनेस कर्पोरेशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ भदौं । कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्दा घोटला गरेको आरोप लागेको ओम्नी बिजनेस कर्पोरेशन इन्टरनेसनललाई सरकारले कालोसूचीमा राखेको छ । स्वास्थ्य सेवा विभाग, टेकुले सोमबार सार्वजनिक सूचना जारी गर्दै एक वर्षका लागि ओम्नीलाई कालोसूचीमा राखेको हो ।
विभागले ओम्नीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री कबुल गरेबमोजिम समयमा ल्याउन नसकेको भन्दै ठेक्का रद्द गरेको थियो ।
विभागले गत १९ चैतमा ओम्नीसँग स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द गरेर नेपाली सेनालाई जिम्मा दिएको थियो । तर, सेनाबाट भएको खरिद डिल समेत विवादित भएपछि सेना पनि पछि हटेको थियो । सरकारबाट जिम्मा पाएको करिब दुई महिनापछि सेनाले बजार मूल्यभन्दा महँगोमा समान भित्राएपछि त्यसको मूल्य र गुणस्तरमाथि प्रश्न उठेको थियो । सेनामार्फत भएको सवा दुई अर्बको खरिद प्रक्रिया विवादित भएपछि सरकारले मेडिकल सामग्री खरिदका सबै काम स्वास्थ्य मन्त्रालयमार्फत गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्