Logo
Logo

२५औँ संस्करणको क्यान इन्फोटेक सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । क्यान इन्फोटेक २०१९ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । २५औँ संस्करणको मेलाको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरेका हुन् ।
कम्प्युटर आमनेपालीसम्म पुग्नुपर्ने बताउँदै मन्त्री बास्कोटाले सूचना प्रविधि अब कुनै वर्ग, व्यक्तिमा सीमित नराखी सर्वसुलभ रूपमा सबैमाझ पुग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सूचना प्रविधि क्षेत्रमा आबद्ध व्यवसायीले ग्राहकहरूलाई सन्तुष्टि दिन सक्नुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर्स अफ कर्मसका उपाध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको प्रयोग गरी देशको व्यापार घाटा कम गर्न सक्ने सुझाब दिए ।
सो अवसरमा मेलाको प्रमुख प्रायोजक सुबिसु केवल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले मेलामा आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर पहिलोपटक प्रयोगमा ल्याएको बताए ।
मेलामा रोबट ब्याटल किम्पिटिसन, इनोभेसन सेन्टर र ड्रोनलगायत विविध आकर्षण रहेको क्यान महासंघका महासचिव रञ्जित पोदारले बताए ।

प्रतिक्रिया दिनुहोस्