काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला ट्वेन्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा मलेसियासँग ३ रनले पराजित भएको छ ।

मलेसियाको कुआलालम्पुरमा सिरिजमा मलेसियाले नेपाललाई ३ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।
मलेसियाले जीतका लागि १०५ रनको लक्ष्य प्रस्तुत गर्दा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०१ बनाएले थियो । नेपालका लागि पुजा महतोले सर्वाधिक ३० बनाइन् भने सम्झना खड्काले १८ र कविता जोशीले १३ बनाइन् ।
आगामी जनवरीमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरूप सोही प्रतियोगिताको तयारी स्वरूप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।











