Logo
Logo

जिल्ला कार्यालय प्रमुखहरूलाई आजै हाजिर हुन निर्देशन


504
Shares

काठमाडौं । देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सरकारले सबै  मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ । 

The current image has no alternative text. The file name is: Samanya-prasashan-1.jpg

यस्तै सोही अनुसार सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले निर्देशन दिएको हो । 

सोहीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न गर्न शनिवार पत्राचार गरेको शनिवार जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्