Logo
Logo

२४ घण्टाभित्र २०० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान


756
Shares

काठमाडौं । लगातारको वर्षाले देशभरका प्रमुख नदीहरूमा बाढीको जोखिम बढाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा तराईका पर्सा, रौतहट र सर्लाहीमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ भने काठमाडौं उपत्यकामा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ ।

The current image has no alternative text. The file name is: rain.jpg

विभागले आगामी २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको र बाढी तथा पहिरोको उच्च जोखिम रहने चेतावनी जारी गरेको छ । बागमती, कमला र पूर्वी राप्ती नदीहरूमा पानीको सतह खतरनाक तह नाघ्ने सम्भावना छ ।

यस्तै, काठमाडौं उपत्यकाका मनोहरा, हनुमन्ते, बागमती र विष्णुमती नदीहरूमा पनि पानीको बहाव तीव्र रूपमा बढेर सतर्कताको तह नजिक पुगेको छ।रातको समयमा डुबान र नदी कटानको जोखिम रहेको भन्दै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तराईका बागमती, पूर्वी राप्ती, कमला, कोसी र कन्काई नदी क्षेत्रहरूलाई उच्च जोखिमयुक्त क्षेत्र घोषित गरिएको छ । कोसी र बागमती प्रदेशका नदी किनारमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न, सजग रहन र अनावश्यक जोखिम नलिन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्