Logo
Logo

मुख्य नदीहरूको जलसतह बढ्दै, आजै रातिदेखि सतर्कता पार गर्ने जोखिमको पूर्वानुमान


504
Shares

चितवन । जल तथा मौसम विज्ञान विभागले आज १ बजेर ५० मिनेट जाँदासम्म नेपालका कुनै पनि प्रमुख नदीको जलसतह सतर्कता तह पार नगरेको जनाएको छ ।

विभागले केहीबेर अघि सूचना जारी गर्दै पछिल्लो ६ घण्टामा मधेश र बागमती प्रदेशमा हल्कादेखि मध्यम पानी परेको जनाउँदै सतर्कता तह पार नगरेको जनाएको हो । कोशी प्रदेशमा भने हल्का मात्रै पानी परेको जनाएको छ ।

तर, रातीदेखि भने जलसतहले सतर्कता तह पार गर्ने जनाइएको छ । सूचनामा काठमाडौं बागमती जलाधार र कमला जलाधार केन्द्रमा जलसतह बढ्दै गएकोले रातीदेखि जोखिम बढ्ने जनाइएको छ ।

विभागको सूचना अनुसार आज दिउँसो देखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने नदीहरूमा बहाव उल्लेख्य बढ्न सुरु हुने जनाइएको छ । साथै रातीदेखि नै नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ्, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स९साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेकोले सचेत रहन पनि अनुरोध गरिएको छ ।

भोली आइतबार बिहान देखि बेलुकी सम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरूमा बहाव उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने भएको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आइतबार राती देखि भने कोशी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव उल्लेख्य बढ्न सक्ने भएकोले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन आवश्यक रहेको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्