काठमाडौं । अविरल वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुचारु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।

विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ । पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित छ ।











