Logo
Logo

डा खतिवडा मन्त्री सहरकै पदमा नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० भदौ ।
पूर्व अर्थमन्त्री डा युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।


मन्त्री सरहको सुविधा पाउने गरी उनको नियुक्ति भएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । अर्थमन्त्रीका रुपमा असफल भएको आरोप खेपेका र बजेटमा नितिगत अनियमितता गरेको आरोप लागेका डाँ खतिवडालाई मन्त्री पदबाट हटेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएकोमा नेकपाकै नेताहरुले आश्चर्य व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्