काठमाडौं । आईसीसी महिला विश्वकपमा आज भारत र पाकिस्तान खेल्दै छन् । खेल आइतबार श्रीलङ्काको आर प्रेमादासा रङ्गशालामा हुँदै छ । नेपाली समय अनुसार खेल दिउँसो ३:१५ बजेदेखि सुरु हुने छ ।

महिला विश्वकपको उद्घाटन खेलमा श्रीलङ्कालाई डिएलस प्रणालीमा ५९ रनले पराजित गर्दै भारतले विजयी सुरुआत गरेको थियो ।
पाकिस्तान भने आफ्नो पहिलो खेलमा बांगलादेशसँग ७ विकेटले पराजित भएको थियो । आज दुवै टोलीले दोस्रो खेल खेल्दै छन् । भारत पाकिस्तानलाई हराउँदै लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रिने छ भने पाकिस्तान भारतलाई हराउँदै आफ्नो पहिलो जित निकाल्ने दाउमा हुने छ ।
यी टोलीहरू अन्तिम पटक दुबईमा २०२४ को आईसीसी महिला टी-२० विश्वकपमा भेटेका थिए, जहाँ भारतले ६ विकेटले जित हासिल गरेको थियो ।











