Logo
Logo

प्रहरीमा भर्ना खोल्न दिने सरकारको निर्णय, निजामतीमा अझै रोक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ ।
सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खोल्नका लागि स्वीकृती दिएको छ । सुरक्षा निकायमा दरबन्दी लामो समय रिक्त हुँदा शान्ति सुरक्षामा समस्या हुने भएपछि भर्ना खोल्न सोमबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृती दिएको हो ।
साथै प्रहरीको १८० औं टोलीको लिखित परीक्षा सञ्चालनका लागि समेत अनुमति दिइएको छ । इन्सपेक्टरको लिखित परीक्षा कोरोनाका कारण रोकिएको थियो ।


खर्च घटाउने रणनीति अनुसार सरकारले सबै सरकारी निकायमा कर्मचारी भर्ना स्थगित गरेको थियो । अत्यावश्यकको हकमा स्वीकृत दिन थालिएको छ ।
नेपाली सेनामा भने तत्काल नयाँ भर्ना प्रक्रिया सुरु नहुने भएको छ । सेनामा अहिले नै आवश्यकता भन्दा धेरै जनशक्ति भएकाले पनि भर्ना प्रक्रिया सुरु गर्न स्वीकृत नदिइएको स्रोत बताउँछ ।
त्यस्तै, निजामती सेवाका रोकिएका भर्ना पनि तत्काल सुचारु नहुने भएका छन् । सरकारी सेवामा भर्ना रोकिदा परीक्षाको तयारीमा रहेका हजारौं युवाहरु अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्