Logo
Logo

कुलमान प्रकरण नेकपालाई चर्काे पर्ने, बुधबार बिहानदेखि ठाउँ ठाउँमा सरकारविरुद्ध प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ ।
देशमा लोडसेडिङ हटाएर नेपाल बिद्युत् प्राधिकरणमा व्यापक सुधार गरेका कुलमान घिसिङलाई सरकारले फेरि नियुक्ति नगरेको भन्दै जनताको आक्रोश सडकमै देखिएको छ । बुधबार बिहान उपत्यकाका ठाउँ ठाउँमा सरकारविरुद्ध प्रदर्शन भएका छन् । बौद्ध, कालिमाटी लगायतका ठाउँमा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।


चार वर्षे कार्यकाल पुरा गरी घिसिङले आइतबारदेखि अवकाश पाएकोमा मंगलबार उनको बिदाई भएको थियो । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनको पुनः नियुक्ति गर्ने आँकलन गरेपनि नियुक्ति नभएपछि उनको बिदाई भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई नियुक्त नगर्न नरुचाएको स्रोत बताउँछ । माफियाहरुको प्रभावमा पारेर सरकारले अन्य व्यक्तिलाई नियुक्ति गर्न लागेपछि सर्वसाधरण सडकमा उत्रिएका छन् ।

यो प्रकरण ओली सरकारलाई महंगो पर्ने देखिएको छ । अघिल्लो चुनावमा नवराज सिलवाल तथा सुशीला कार्की प्रकरणका कारण कांग्रेसले भोट गुमाएको थियो । कुलमान प्रकरणको असर आगामी चुनावमा देखिन सक्ने धेरैले आँकलन गरेका छन् । सामाजिक सञ्जालमा समेत कुलमानलाई फेरि जिम्मेवारी नदिइएकोमा चर्काे आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्