Logo
Logo

वामदेवको राष्ट्रियसभा यात्रा फेरि अन्योलमा ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ ।
सोमबार साँझ सबैतिर समाचार आयो–राष्ट्रियसभा सदस्यमा वामदेव गौतमको सिफारिस । लगत्तै कतिपयले सरकारको आलोचना गरे कतिपयले वामदेवलाई बधाई दिए ।


सरकारका नव नियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरे । जसमा वामदेवको सिफारिससम्बन्धि निर्णय थिएन । यसले राजनीतिमा फेरि चर्चा सुरु भएको छ–कतै वामदेव फेरि हिस्स भएका त होइनन् ?
राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ । तर, बुधबारसम्म राष्ट्रपति कार्यालयमा यससम्बन्धि पत्र पुगेको छैन । सरकारका प्रवक्ताले समेत यससम्बन्धि केही नबोल्नु र पत्र पनि नजानुले वामदेवको नियुक्ति फेरि अन्योलमा परेका छन् ।
स्रोतका अनुसार नेकपाभित्रको आन्तरिक विवाद अझै मिलिसकेको छैन । जसकारण प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रकरणमा वामदेवलाई अझै गलाउन चाहेका छन् ।
ओलीले तत्कालिन मन्त्रिमण्डल पुर्नगठनमा पनि चासो दिएका छैनन् । अर्थ, सञ्चार तथा सहरी विकास मन्त्रालय रिक्त छन् । तर, पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई आफ्नो आर्थिक सल्लाहकार बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्