Logo
Logo

दृष्टि समाचार प्रभाव, घुमुवा तानिए, एसपीमाथि छानबिन सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ ।
घुमुवा खटाएर तस्करी गरेको आरोपमा बर्दियाका सशस्त्र प्रहरीका एसपी नर बहादुर राउतमाथि छानबिन अघि बढेको छ । उनका घुमुवाका रुपमा खटिएका बरिस्ठ हबल्दार रतन आचर्य र भुपेन्द्र खड्कालाई सरुवा गरी एसपीमाथि बाहिनीले छानबिन थालेको हो ।यससम्बन्धि समाचार दृष्टिमा प्रकाशित भएपछि घुमुवा तानिएका हुन् ।


एसपीकै निर्दशेनमा घुमुवाद्वयको संलग्नतामा काठ , खसिबोका तथा अन्य सामानको तस्करी मौलाएको थियो । बिगत १० बर्ष देखि घुमुवा बसेका रतन आचार्यको सुर्खेतमा र भुपेन्द्र खड्काको बर्दिया सदरमुकाममा अबैध आर्जन बाट बनाइएका बंगला , घडेरी तथा खेत जोडिसकेका छन् । अहिले पुन लकडाउनको मौका छोपेर एसपी राउत आफैं ती बद्नाम घुमुवा परिचालन गरेर अवैध असुलि धन्दामा लागेका थिए तराईका अन्य केही जिल्लामा कार्यरत सशस्त्र प्रहरीका एसपीहरु उपर समेत छानबिन भइरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्