Logo
Logo

उपत्यकाकाे निषेधाज्ञाकाे निरन्तरता, जोर–बिजोरकाे नियम कायमै


- दृष्टि न्युज/संवाददाता


काठमाडाै‌ ३१ भदाै

 बिहीबारबाट पनि उपत्यकामा निषेधाज्ञा कायमै हुने भएको छ । थप खुकुलो बनाउँदै निषेधाज्ञालाई कायमै राख्ने निर्णय भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बिहीबारदेखि नै निषेधाज्ञा कायमै राखी जोर–बिजोर प्रणाली कायम राख्ने निर्णय गरेको छ । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अनुसार उपत्यकाबाहिर जाने सवारीसाधनको हकमा जोर–बिजोर लागू हुँदैन, उपत्यकाभित्र चल्नेका लागि यो नियम कायमै हुनेछ । ‘उपत्यकाका घना बसोवास भएको र जोखिम बढिरहेकाले हामीले जोर–बिजोरको नियम कायमै राखेका छौँ,’ सिडिओ दाहालले भने, ‘तर उपत्यकाबाहिर जाने सवारीसाधनलाई जोर–बिजोर लागू हुँदैन ।’

भिड हुनेबाहेक अन्य सबै व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको छ । सिडिओ दाहालका अनुसार फिल्म हल, सैलुन, ब्युटिपार्लर, हेल्थ क्बल, स्पाजस्ता व्यवसाय भने सञ्चालन हुन पाउने छैनन् ।

त्यस्तै शैक्षिक संस्था संस्था सञ्चालन, गोष्ठी, सभा सम्मेलनमा पनि रोक कायमै हुनेछ ।  ‘भिडभाड हुनेबाहेक अन्य व्यवसाय सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको छ,’ सिडिओ दाहालले भने, ‘अब नागरिक आफैँ सचेत हुनुको विकल्प छैन ।’

मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि लामो दूरीका यातायात, होटेल–रेस्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ । तर, संक्रमण उच्च भएका जिल्लामा जिल्ला प्रशासन कार्यालयले अवस्था गरेअनुसार निषेधाज्ञाको निर्णय गर्न पाउने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्