Logo
Logo

अन्ततः वामदेव राष्ट्रियसभामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज ।
नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा जाने पक्का भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको सिफारिस बुधबार राष्ट्रपति कार्यालयमा पठाएको छ ।


राष्ट्रपति कार्यालयले आजै उनको नियुक्ति गर्ने सम्भावना छ । गत सोमबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धि निर्णय गरेको थियो ।
तर, मंगलबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यससम्बन्धि केही नबताएपछि आशंका गरिएको थियो । राष्ट्रियसभामा गएपछि वामदेव उपप्रधानसहित अर्थमन्त्री बन्ने दाउमा छन् ।

प्रतिक्रिया दिनुहोस्