Logo
Logo

करारका शिक्षक कटौती नहुने


2.8k
Shares

काठमाडौं । सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्न अस्थायी तथा करारमा कर्मचारी नियुक्ति नगर्ने निर्णय गरे पनि करार शिक्षकको हकमा यो नियम लागू नहुने भएको छ । 

The current image has no alternative text. The file name is: mahabir-pun.jpg

अर्थ मन्त्रालयले गत असोज ७ गते जारी गरेको विज्ञप्तिको बुँदा नम्बर ५ (सङ्गठन संरचना सुधार) को उपबुँदा (ज) मा नेपाल सरकार, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्त नगर्ने उल्लेख छ ।

तर, स्थानीय तह र विद्यालयहरूले करार शिक्षकको सम्बन्धमा प्रश्न उठाएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो बुँदा शिक्षकको हकमा लागू नहुने स्पष्ट पारेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र जारी गर्दै यो कुरा प्रष्ट्याएको हो ।

प्रतिक्रिया दिनुहोस्