काठमाडौं । सरकारले १५ जना सहसचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै खरेलले भने, ‘राजपत्राकिंत प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ ।’














