Logo
Logo

जेनजी आन्दोलनमा गोली हान्ने आदेश थिएन: रमेश लेखक


819
Shares

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् ।

The current image has no alternative text. The file name is: ramesh-lekhk.gif

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले उनले आन्दोलनका समयमा गोली चलाउने आदेश नभएको बताएका छन् ।  उनले भने, ‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रूपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन ।’ 

लेखकले सोही बेलामा पनि घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए । ‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन । स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिरहेको विषय थियो,’ उनले भने, ‘त्यो पछि यथार्थमा सत्य देखियो । जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए ।’

प्रतिक्रिया दिनुहोस्