Logo
Logo

क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, १ असोज । क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका छन् । देवदह नगरपालिका वडा नम्बर–४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उनी १७ भदौमा भारतबाट आइ उनी क्वारेन्टिनमा बस्दै आएका थिए । आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्