Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा मोदीलाई जन्मदिनको शुभकामना


- दृष्टि न्युज/संवाददाता


file photo

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । बिहीबार शोसल मिडिया ट्विटरमार्फत शुभकामना दिँदै उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने बताएका छन् ।
भारती प्रधानमन्त्री मोदीको बिहीबार ७०औं जन्मदिन हो । प्रधानमन्त्री ओलीले मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्