Logo
Logo

प्रहरीको हतियार लुटेर भागेका युवासहित ८ जना पक्राउ


756
Shares

काठमाडौं । लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट ८ जवना पक्राउ परेका छन् ।

दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर एको छाप्रोबाट शनिबार साँझ आदित्य लिम्बू, निश्चल पोर्तेल, साजन थापा, दिपेश तामाङ , सनम राई , पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

लागुऔषध बिक्री भई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । खानतलासी गर्ने क्रममा ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पक्राउ पर्नेमध्ये आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको बताइएको छ । पक्राउ परेका अर्का व्यक्ति मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागेका थिए । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्