Logo
Logo

देश ठूलो शून्यतामा जान सक्ने जोखिम छ : मन्त्री खरेल


1k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश ठूलो शून्यतामा जाने सक्ने जोखिम रहेको बताएका छन् । मुलुकलाई ट्रयाक भन्दा बाहिर जान नदिन सबै गम्भीर हुन आवश्यक रहेको उनको भनाइ रहेको छ । 

The current image has no alternative text. The file name is: council-sancharmantri.jpg

आइतबार काठमाडौँको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासङ्घको कार्यालय पुगेका मन्त्री खरेलले मुलुकलाई भ्याकुममा जान नदिन निर्वाचन सुनिश्चित गर्ने काममा सरकार लागेको बताए । दलहरूसँगको संवादहीनता अन्त्य भएकाले अब २१ फागुनमा तोकिएको निर्वाचन सुनिश्चित बनेको उनले जानकारी दिए । सिङ्गै मुलुक निर्वाचनमा होमिएको भन्दै उनले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाइने बताए ।

दुई दिने जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा द्विविधा नराख्न पनि आग्रह गरे ।

जेनजी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड तथा आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । मन्त्री खरेलले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनतालाई अनुभूत हुने गरी सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती पहल हुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्