Logo
Logo

आसिफको अर्धशतकमा नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य


252
Shares

काठमाडौं । ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले युएईलाई जितका लागि १४१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

The current image has no alternative text. The file name is: cricket-1.gif

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको हो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कुशल भुर्तेलले २८ रन जोड्दा कप्तान रोहित पौडेलले २० रन बनाए ।

उत्कृष्ट सुरुवात गरे पनि मध्यक्रममा नेपालले लगातार विकेट गुमाउँदा ठूलो स्कोर बनाउनबाट चुक्यो । अन्तिमतिर गुल्सन झाले ४ बलमा १ छक्का र २ चौकासहित १४ रनको विस्फोटक पारी खेल्दै नेपालको स्कोरलाई सम्मानजनक अवस्थामा पुऱ्याएका थिए ।

त्यस्तै, कुशल मल्लले ११ बलमा १० रन, सोमपाल कामीले ६ बलमा अविजित ६ रन तथा सन्दीप जोराले ४ बलमा ४ रन जोडे ।

प्रतिक्रिया दिनुहोस्