Logo
Logo

वेस्ट इन्डिजका चन्द्रपाउल जनकपुरको मुख्य प्रशिक्षक नियुक्त


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका लिजेन्ड ब्याटर शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

चन्द्रपाउललाई प्रशिक्षक नियुक्त गर्नुका साथै उनीसँग दीर्घकालीन सम्झौता भएको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । दीर्घकालीन सम्झौताको बारेमा भने थप खुलाइएको छैन । खतिवडाले चन्द्रपाउलसँगको यो सम्झौताले टिमलाई थप सशक्त बनाउने विश्वास लिएका छन् ।‌

एनपिएलको पहिलो संस्करणमा‌ टोलीको प्रशिक्षक पुबुदु दासानायकेले थिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक दासानायके अहिले अमेरिकाका प्रमुख प्रशिक्षक हुन् । क्लबले दासानायकेको योगदानको लागि धन्यवाद दिएको छ ।

चन्द्रपाउलले वेस्ट इन्डिजका लागि १ सय ६४ टेस्ट र २ सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उनले २० हजारभन्दा बढी रन जोडेका छन् ।

उनीसँग क्यारेबियन प्रिमियर लिग ९सिपिएल०, भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टि ट्वान्टी र इन्डियन प्रिमियर लिग‌ अनुभव रहेको छ ।

सन् २०२२ मा चन्द्रपाउल सिपिएलको फ्रेन्चाइज टोली जमैका तलवाहजका मुख्य प्रशिक्षकको भुमिकामा थिए । सोही वर्ष उनले अमेरिकाको महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए । सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर एनपिएलको पहिलो संस्करणको जितेको थियो । दोस्रो संस्करण मङ्सिर १ गते सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्