Logo
Logo

कालिमाटी वृत्तबाट चार थुनुवा फरार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट गएराति चार जना थुनुवा फरार भएका छन्। चोरीको घटनाको अनुसन्धानमा पक्राउ गरेका चार जना बिहीबार राती भागेका हुन् ।


अनिल जैसवाल, आसु जैसवाल, सुजित गुप्ता र रवीन्द्र जैसवाल फरार भएका हुन् । प्रहरीकै लापरबाहीको कारण भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीमाथि छानबिन थाली फरारहरुको खोजी सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्