Logo
Logo

को– को प्रहरीले पाए यो वर्ष विभूषण ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ असोज ।
संविधान दिवसको अवसरमा सरकारले पाँच सय ९४ जनालाई विभिन्न किमिसका विभूषण दिने घोषणा गरेको छ । विभूषण पाउनेहरुको सूचि सार्वजनिक भएको छ ।

 

यो वर्ष राज्यबाट पाउने उच्च सम्मान डा सन्दुक रुइतलाई प्रदान गरिएको छ । संविधान दिवसको अवसरमा सरकारले ५ सय ९४ जनालाई विभिन्न किमिसका विभूषण दिने घोषणा गरेकोमा डा.रुइतलाई सुप्रसिद्ध जनसेवाश्री(प्रथम) प्रदान गरिएको छ । यो विभूषण पाउनेमा उनी एक्ला छन् ।


यो वर्ष नेपालरत्न, राष्ट्रगौरव तथा राष्ट्रदीप जस्ता उच्च विभूषण कसैलाई दिइएको छैन ।
सुप्रसिद्ध जनसेवाश्री (दोस्रो) पाउनेमा चार जना छन् । सर्वाेच्चका न्यायधीश दीपक कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नवीन कुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र थापा छन् । अख्तियारमा रहँदा ठूला भ्रष्टाचारका फाइल तामेलीमा राखेको आरोप लागेका पूर्व प्रमुख आयुक्त घिमिरेलाई उच्च तहको विभूषण दिएको छ ।
सुर्कीर्तिमय राष्ट्रदीप तृतीय भने सात जनालाई दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवहाक प्रमुख आयुक्त डा गणेशराज जोशी, वनतस्पतीविद् डा तीर्थबहादुर श्रेष्ठ, पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारी, सशस्त्र प्रहरी बलका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ छन् ।

यो वर्ष विभूषण पाउनेमा एक सय भन्दा धेरै प्रहरी छन् । सशस्त्र प्रहरीका डिआईजी चन्द्रप्रकाश गौतम तथ नेपाल प्रहरीका सुनिल श्रेष्ठले पनि जनसेवाश्री पाएका छन् । एसएसपीहरु नवीन्द्र अर्याल, किरण बज्राचार्य, दीपक थापा तथा सशस्त्र प्रहरी बलका एसएसपी कमल गिरीले सुप्रबल जनसेवाश्री(तृतीय) पाएका छन् ।

प्रबल जनसेवाश्री(चर्तुथ) पाउने प्रहरीहरुमा एसपी तारादेवी थापा, सुशीलसिंह राठौर, गणेश चन्द, जनकराज पाण्डे, अविनारायण काफ्ले, गंगा पन्त, ओम अधिकारी, दिनेश मैनाली र बीर बहादुर बुढा मगर छन् । त्यस्तै सशस्त्र प्रहरीका एसपीहरु डा आशिष दत्त, अञ्जनी कुमार पोखरेल, पुरुषोत्तम थापा, उद्धब बहादुर न्यौापने, डा सुरेन्द्रमान श्रेष्ठ र डा महेन्द्र श्रेष्ठ छन् ।

त्यस्तै नेपाल प्रहरीका डिएसपीहरु दानबहादुर थापा, पवन कुमार भट्टराई, महेन्द्र श्रेष्ठ, रुपेश खड्का, दीपक गिरी, कृष्ण कुमार कार्की पदम बिष्ट, डा सेवन श्रेष्ठ, डा किरण केसी, भीम कुमारी पाण्डेले पनि यो विभूषण पाएका छन् । सशस्त्र प्रहरीका डिएसपीहरु दर्शन गिरी, डा प्रभात रावल, डा सौरभ श्रेष्ठ र ज्ञानमणि पौडेलले प्रबल जनसेवाश्री (चर्तुथ) पाएका छन् । इन्सपेक्टरमध्येबाट चेतना पोखरेलले मात्र यो विभूषण पाएकी छिन् । त्यस्तै सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोका इन्सपेक्टर सुबर्ण थापालाई पनि यही विभूषण दिइएको छ ।

नेपाल प्रतापभूषण पाउने प्रहरीको संख्या ठूलो छ । डिएसपीहरु सुमन तिमल्सिना, कवित कटवाल, प्रतितसिंह राठौर, दधिराम न्यौपाने, निर्मल बुढाथोकी, डा.समृद्धि कार्की, डा विवेकराज भण्डारी, डा. आशा श्रेष्ठ, गुजुसिद्धी बज्राचार्य र श्याम खत्री छन् । त्यस्तै सशस्त्र प्रहरीका डिएसपीहरु टोप बहादुर डाँगी, बिनोद खतिवडा छन् ।

नेपाल प्रहरीका इन्सपेक्टरहरु बरुण बहादुर सिंह, विजय श्रेष्ठ, कमला नराल, जितेन्द्र श्रेष्ठ, राजेश जरेजु, बल्देव मण्डल, डा विदुर कुमार आचार्य छन् । सशस्त्र प्रहरीतर्फ यो पदक पाउनेमा अञ्जली महर्जन, भगवती कुमारी चौधरी, बसन्त तामाङ र रिणा यादब छन् । सईहरु देवेन्द्रसिंह बुढाथोकी, उत्तर कुमार राई तथा दिनेश खड्काले जनसेवा श्री(पञ्चम) पाएका छन् ।

डिएसपीद्वय ठगबहादुर केसी र शरद थापा क्षेत्रीले नेपाल प्रताप भूषण पाएका छन् । यो पदक पाउने सईहरुमा सविना श्रेष्ठ, भिमलाल श्रेष्ठ, नेत्र प्रसाद पौडेल, असईहरु अनुप ढकाल, गोपाल राई, सुरेश कोइराला लगायत छन् ।

अनुसन्धानमा अब्बल नेपाल प्रहरीका कतिपय अधिकृत पनि पावर नहुँदा विभूषणबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्